शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति पक्राउ

आइतबार, ०९ फागुन २०७७, १६ : ३३
आइतबार, ०९ फागुन २०७७

सुर्खेत ।  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति  पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको गोठीचौर गाउँपालिका–५ का मोटरसाइकल चालक राजकुमार भण्डारी रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको  छ ।  वीरेन्द्रनगर–६ सिटी बसपार्कमा चेकजाँचका क्रममा उनले प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए ।

सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यका अनुसार मोटरसाइकलमा नम्बर प्लेट नराखेका उनलाई चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको हो । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप