बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीको चाँदनी चोकमा दुर्घटना, एक जनाको मृत्यु

आइतबार, ०९ फागुन २०७७, १९ : ४६
आइतबार, ०९ फागुन २०७७

सप्तरी  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले बस्ने २२ वर्षीय बिपिन चौधरी रहेको प्रहरीले जनाएको छ । 

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब  उपरीक्षक भुवनेश्वर साहले बताए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१०च २५२४ नं कारले विपरीत दिशाबाट आउँदै गरेको बा२६प २२६० नंको मोटरसाइकललाई दुई दिनअगाडि ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ भेडिया बस्ने ४५ वर्षीय  प्रेम चौधरी र सिरहा लहान नगरपालिका–२० मल्हनमा बस्ने २५ वर्षीय अजीत चौधरी घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप