शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मानव सेवा आश्रमलाई नेपाल एसबीआई बैङ्कको सहयोग

सोमबार, १० फागुन २०७७, १२ : १७
सोमबार, १० फागुन २०७७

काठमाडौं । नेपाल एसबीआई बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित मानव सेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको ५ । 

सन् २०१८ मा संचालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ । मकवानपुरको हेटौंडा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरूबाट आफ्नो सेवा प्रदान गर्दै आएको ५ ।  

आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटा लाई उक्त सामानहरु हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप