मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भिटामिन सीः क्यान्सर रोक्न मद्दत गर्छ, डार्क सर्कल र स्ट्रोकको खतरा ४२ प्रतिशतसम्म घटाउँछ

सोमबार, १० फागुन २०७७, १३ : ०८
सोमबार, १० फागुन २०७७

नेचर कम्यूनिकेशन जर्नलमा प्रकाशित एक अनुसन्धानले भिटामिन सीले शरीरमा तीब्र रुपमा फैलिरहेको क्यान्सर नियन्त्रण गर्न सक्ने बताएको छ । भिटामिन सीका कारण बिरामीको किमो र रेडियशन थेरापी निकै कम आवश्यकता पर्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट क्यान्सरका कारण बन्ने फ्री रेडिकल्सलाई नष्ट गर्ने कोसिस गर्छ । यी फ्रि रेडिकल्सले मुटुरोग र अर्थराइटिसको खतरा पनि बढाउँछ ।

मौसम परिवर्तन भइरहेको छ, आजकाल भिटामिन सी अत्यधिक मात्रामा पाइने फलफूल निकै सजिलै पाइन्छ । यी भिटामिन किन आवश्यक छ, कस्ता लक्षणले यसको कमीलाई संकेत गर्छ र यसका फाइदा के के छन् र कसरी पूरा गर्ने भन्ने प्रश्नको जवाफ थाहा पाऔं ।

भिटामिन सी किन आवश्यक छ, सबैभन्दा पहिला यो बुझ्नुहोस्ः

शरीर स–साना लाखौं कोसिकाबाट मिलेर बनेको हुन्छ । भिटामिन सीले यस्तै कोसिकालाई स्वस्थ राख्न मद्दत गर्छ । कोसिका स्वस्थ रहँदा यसको सीधा असर हाम्रो छालामा पर्छ । यो चम्किलो देखिन्छ । बढ्दो उमेरको असर पनि कम देखिन्छ । यसका साथै भिटामिन सीले धमनी र हड्डीलाई स्वस्थ बनाउनुका साथै घाउ निको हुन पनि मद्दत गर्छ ।

यी ६ लक्षण जसले भिटामिन सीको कमीतर्फ इशारा गर्छः

– कमजोरी हुनु

– गिजाबाट रगत आउनु

– दाँत कमजोर हुनु

– छाला र कपाल सुख्खा हुनु

– जोर्नी दुख्नु

– घाउ निको हुन समय लाग्नु

यस्ता पाँच खानेकुरा जसले भिटामिन सीको कमी पूरा गर्छः

सुन्तलाको रस १ कप, ९७ एमजी

पकाएको ब्रोकली १ कप, ७४ एमजी

गोलभेँडाको रस १ कप, ४५ एमजी

कीवी एउटा, ७० एमजी

रातो खुर्सानी आधा कप, ९५ एमजी

भिटामिन सीका चार ठूला फाइदाः

छालामा बढ्दो उमेरको असर घट्छः

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अनुसन्धानका अनुसार भिटामिन सीको असर शरीरको आन्तरिक र बाह्य दुवैतर्फ देखिन्छ । यसमा भएको एन्टिअक्सिडेन्टले उमेर बढेसँगै हुने असर घटाउँछ । आँखा मुनी देखिने कालो घेरामा कमी आउँछ । छाला र कपालमा निम्तिने रुखोपन कम हुन्छ । यसका साथै सूर्यको किरणले छालालाई पुर्याउने हानीलाई पनि रोक्न सकिन्छ ।

स्ट्रोकको खतरा ४२ प्रतिशतसम्म घट्छः

अमेरिकी वैज्ञानिकको एक अनुसन्धानका अनुसार खानामा भिटामिन सीको सेवन गर्नुहुन्छ भने स्ट्रोकको खतरा ४२ प्रतिशतसम्म घट्छ । यो अनुसन्धानसँग सम्बन्धित वैज्ञानिक फायो मिन्ट भन्छन्, ‘जब मानिसले खानामा फलफूल र सागसब्जी बढी खान्छन् तब भिटामिन सीसहित यस्ता थुप्रै पोषक तत्व शरीरमा पुग्छन् जसका कारण शरीर स्वस्थ रहन्छ ।

रक्तचाप नियन्त्रण गर्छः

एक अनुसन्धानका अनुसार भिटामिन सीले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । भिटामिन सीले भरपुर खाना खानुहुन्छ भने मुटुरोगको खतरा पनि कम हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी हुने मृत्युमध्ये सबैभन्दा ठूलो कारण मुटुरोग हो ।

शरीरको प्रतिरोधि क्षमता बढ्छः

भिटामिन सी प्रतिरोधि प्रणालीका लागि पनि आवश्यक छ । यसमा भएको एन्टिअक्सिडेन्ट शरीरमा सेतो रक्त कोसिकालाई असरदार बनाउने काम गर्छ । फलस्वरुप, हाम्रो शरीरले रोगबाट लड्ने क्षमता अर्थात् रोग प्रतिरोधि क्षमता बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप