शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शाहिद कपुरले श्रीमती मीरालाई उपहारमा दिए ५६ करोडको घर, हेर्नुहोस् तस्बिर

सोमबार, १० फागुन २०७७, १४ : ०६
सोमबार, १० फागुन २०७७

बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपूत बी टाउनका निकै चर्चित जोडीमध्ये एक हुन् । शाहिद र मीराको ब्याकग्राउन्ड पूर्ण रुपमा भिन्न छ तर मागी विवाहमा पनि उनीहरु बीच जस्तो केमेस्ट्रि छ, त्यसलाई धेरैले प्रशंसा गर्छन् ।

शाहिद र मिराको घरको सबैभन्दा शानदार हिस्सा उनीहरुको घरको टेरेस हो । शाहिद र मिरा धेरैजसो आफ्नो घरको टेरेसमा बस्छन्, रमाइलो गर्छन् र तस्बिर सोसल मिडियामा पोस्ट गर्छन् ।

यसका साथै घर भित्रको कुरा गर्ने हो भने उनीहरुको घरलाई सुन्दर पर्दा र इन्टेरियरसहित सजाइएको छ ।

घरको फ्लोरिङको कुरा गर्ने हो भने यसलाई वुडन फ्लोरिङले पूरा गरिएको छ जसले घरलाई थप आकर्षक र शानदार देखाउन मद्दत गर्छ ।

शाहिद र मीराको घर समुद्रतर्फ फर्किएको छ । यस्तोमा घरको छतबाट समुद्र स्पष्ट रुपमा देख्न सकिन्छ ।

यसका सागै घरभित्र शानदार पेन्टिङ र फर्निचरले सजाइएको छ । यो घरमा शाहिद कपुर श्रीमती मीरा र दुई सन्तानसहित बस्छन् ।

घर भित्र र बाहिर हरियालीलाई विशेष ध्यान दिइएको छ जसले वातावरणलाई फ्रेश राख्न मद्दत गर्छ ।

स्मरण रहोस्, शाहिद कपुरले यो घर आफ्नी श्रीमतीलाई दोस्रो गर्भावस्थाका बेला उपहार स्वरुप दिएका थिए । शाहिदको यो घरको मूल्य ५६ करोड भारु बताइएको छ ।

 रिपोर्टका अनुसार अपस्केल वर्लीमा रहेको उनको यो ड्युप्लेक्स अपार्टमेन्टको मूल्य ५५ करोड ६० लाख भारु हो ।

उनको यो अपार्टमेन्ट ४२ र ४३ औं तलामा छ । स्मरण रहोस्, यो शाहिदको दोस्रो घर हो । शाहिदको जुहूमा पनि आलिशान बंगला छ ।

शाहिद कपुर र मीराको विवाह सन् २०१५ मा भएको थियो । यी दुईका एक छोरी र एक छोरा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप