शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवकको कुटपिटबाट गम्भिर घाइते पुरुषको मणिपालमा उपचार हुँदै

सोमबार, १० फागुन २०७७, १८ : ०८
सोमबार, १० फागुन २०७७

पोखरा । दुई जना युवकले मादक पदार्थ सेवन (मापसे) गरेर कुटपिट गर्दा एक व्यक्ति गम्भिर घाइते भएका छन् । युवकहरुको कुटाइबाट कास्कीको अन्नपूर्ण गाउँपालिका ८ कुटुम निवासी ५६ वर्षीय गोरे नेपाली गम्भिर घाइते भएका हुन् । उनको पोखरास्थित पनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोरेलाई आक्रमण गरी गम्भिर घाइते बनाएको आरोपमा अन्नपूर्ण ८ का  २४ वर्षीय हरि नेपाली र २८ वर्षीय रवि नेपालीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।  कुटपिटमा सम्लग्न दुबै युवालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप