बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल औषधि व्यवसायी संघ गण्डकीमा पाण्डे

सोमबार, १० फागुन २०७७, २३ : ०१
सोमबार, १० फागुन २०७७

पोखरा । नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा कृष्ण पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा अध्यक्ष पाण्डेले ७१ मत पाएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी रामबहादुर केसीले ३९ मत पाएका थिए भने अर्को प्रतिद्वन्द्वी चिरञ्जिवी द्धावाले ११ मत पाएका थिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा शिव बहादुर केसी ६० मत ल्याएर विजयी भएका छन् । तीन जनाको उम्मेदवारी परेको वरिष्ठ उपाध्यक्ष पदमा मेघनाथ काफ्लेले ४४ र डण्डपाणि शर्माले १९ मत ल्याएर पराजित भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा झलक शर्माले ८१ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी महेश्वर पोखरेलले ४२ मत पाएका छन् । त्यसैगरी उपाध्यक्ष खुद्रातर्फ दयानिधी पौडेल ८४ मतले विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी भूपति गुरुङले ३९ मत पाएका छन् ।

त्यस्तै महासचिवमा केशरी प्रसाद तिवारी ७० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी रामचन्द्र रेग्मीले ४७ मत पाएका छन् । कोषाध्यक्षमा लक्ष्मीप्रसाद पराजुली र सचिवमा चेत नारायण पाण्डे निर्विरोध निर्वाचित भएका छन् । उप कोषाध्यक्षमा अजित कुमार अग्रवाल ६७ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी मोहन बहादुर थापाले ४२ मत पाएका छन् ।

त्यसैगरी खुल्ला तर्फ सदस्यहरूमा कमला भण्डारी १ सय, डोलराज थापा ६०, दामोदर भण्डारी ७० र नरहरि पनेरु ५८ मत ल्याएर निर्वाचित भएका छन् ।  त्यस्तै थोक तर्फको सदस्यमा हरिप्रसाद शर्मा, निराजन विक्रम राणा निर्विरोध निर्वाचित भएका छन् । खुला तर्फको सदस्यमा यज्ञप्रसाद शर्मा, विष्णु भण्डारी र महिलातर्फ धनुदेवी पिया निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप