शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसेल एपको नयाँ संस्करण : डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकले १ जीबी डेटा निःशुल्क पाउने

मङ्गलबार, ११ फागुन २०७७, ०८ : १२
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सोमबावविधथप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने जनाएको छ ।

यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

यो संस्करण प्रयोग गर्ने एपप्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझावएपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्यस्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वापहिले नै लिएको सेवाबन्द गर्न सकिने सुविधा पनि रहेको छ ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमाप्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् ।

एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप