शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा एक दम्पती सुतेकै ठाउँबाट बेपत्ता

मङ्गलबार, ११ फागुन २०७७, ११ : २६
मङ्गलबार, ११ फागुन २०७७

जनकपुर । महोत्तरीमा एक दम्पतीलाई घरबाटै अपहरण गरी बेपत्ता बनाइएको घटना सार्वजनिक भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई राति सुतेकै ठाउँबाट अपहरण गरी बेपत्ता बनाइएको परिवारजनको भनाइ छ । उनीहरुको खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए ।

बिहानै अबेरसम्म झा दम्पती नउठेपछि सुतेको कोठामा हेर्न जाँदा झा दम्पती ओछयानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

अपहरित भई बेपत्ता पारिएका मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए । अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद हुँदै आएको थियो । सोही विवादमा उनको अपहरण भएको हुनसक्ने आशंका गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप