शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऐश्वर्या रायको प्रेममा पागल थिए यी अभिनेता

मङ्गलबार, ११ फागुन २०७७, १२ : २१
मङ्गलबार, ११ फागुन २०७७

लामो समय बलिउड उद्योगमा राज गरेकी अभिनेत्री ऐश्वर्या रायको सुन्दरतामा धेरै मोहित हुने गर्छन् । यसमा बलिउड अभिनेताहरु पनि पर्छन् । 

सलमान खान 
बलिउडका अभिनेता सलमान खान ऐश्वर्याका पहिला प्रेमी हुन् । जसले ऐश्वर्याको प्रेममा पागल भएका थिए । उनले ऐश्वर्याको प्रेममा मर्न समेत तयार भएका बताएका थिए । उनीहरुको भेट फिल्म सेटमा भएको थियो । सँगै काम गरेका सलमान र ऐश्वर्या प्रेममा निकै पागल थिए तर यी दुईको ब्रेकअप भयो । 

विवेक ओबरोय
एक समय विवेक ओबरोय र ऐश्वर्या राय एक अर्काप्रति निकै गम्भीर थिए ।  यी दुईको सम्बन्ध निकै चर्चामा थियो । सलमानसँग सम्बन्ध बिग्रिएपछि ऐश्वर्याको नाम बलिउड अभिनेता विवेक ओबरोयसँग जोडिएको थियो । यी दुईको प्रेम पनि फिल्म सेटबाट नै सुरु भएको थियो । 

राजीव मूलचंदानी 
ऐश्वर्याको प्रेममा मोडल राजीव मूलचंदी पनि परेका थिए । दुवैको भेट फिल्म सेटमा नै भएको थियो । तर, यी दुईको प्रेम धेरै समय चल्न पाएन । 

अभिषेक बच्चन 
ऐश्वर्या राय बच्चनले अभिषेक बच्चनसँग प्रेमसम्बन्धपछि विवाह गरेकी हुन् । उनी एक बच्चाकी आमा पनि भइसकेकी छन् । अभिषेक र ऐश्वर्या सुखद वैवाहिक जीवन विताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप