शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैङ्क र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच सहकार्य

मङ्गलबार, ११ फागुन २०७७, १२ : २३
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । कुमारी बैङ्क लिमिटेड र बनेपास्थित ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’बीच कुमारी बैङ्कको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौता पत्रमा कुमारी बैङ्क बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङले हस्ताक्षर गरेका छन् । सो सहकार्य पश्चात् कुमारी बैङ्कका ग्राहकले बनेपास्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । 

कुमारी बैङ्कले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैङ्कका डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप