शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लगानी गर्दै लक्ष्मी बैङ्क र माछापुच्छ्रे बैङ्क

मङ्गलबार, ११ फागुन २०७७, १२ : ४५
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । लक्ष्मी बैङ्क र माछापुच्छ्रे बैङ्कले माबिलुङ्ग इनर्जी अन्तर्गतको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् ।

माबिलुङ्ग इनर्जीले संखुवासभाको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैङ्कको अगुवाइमा माछापुच्छ्रे बैङ्क समेतले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी सम्झौता भएको छ । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रहेको छ । जसमा लक्ष्मी बैङ्कले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैङ्कले २५ करोड ६० लाख लगानी गर्ने भएका हुन् ।

माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरण बीच विद्युत खरिद सम्बन्धि सम्झौता भएको छ  । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट साउन ९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । माबिलुङ्ग इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेक कम्पनीका अध्यक्ष राजेश लाल श्रेष्ठले बताए ।

बैङ्कहरुले आयोजना लागतको ७० प्रतिशत (६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी  रहने बताइएको छ । उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झन्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने कम्पनीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजनामार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप