कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा
हुम्ला । हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए ।
जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न उनले आग्रह गरे । लिगमा ६ टोली मात्र समावेश गरिने हुँदा दर्ता भएका क्लबबीच नकआउट प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका क्लबबीच लिग प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।
पुराना तथा नयाँ क्लबले आवश्यक प्रक्रिया पूरा गरेर यही फागुन १० देखि २५ गतेसम्म एकेडेमीको कार्यालयमा आफ्नो क्लब दर्ता गराइ सक्नुपर्ने र त्यसपछि दर्ता हुन आएका क्लबलाई प्रतियोगितामा समावेश गराउन नसकिने अध्यक्ष रावतले बताए । लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप रु ७५ हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यही क्लबले प्रदेश फुटबल लिगमा भाग लिन पाउने भएका छन् ।
त्यसैगरी लिगमा द्वितीय स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप रु ४० हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । सर्वोत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्वारा सम्मानित गरिने अध्यक्ष रावतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल