शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैङ्कको शाखा रहित बैकिङ्ग सेवा सुर्खेतको तरङ्गामा

मङ्गलबार, ११ फागुन २०७७, १३ : २४
मङ्गलबार, ११ फागुन २०७७

सुर्खेत । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैङ्कले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा यहि फागुन गतेबाट १०८ ओैं शाखारहित बैकिङ्ग सेवा प्रारम्भ गरेको छ । 

उत्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैङ्कले जनाएको छ । यस शाखा रहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैङ्कले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुनेछ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैङ्क प्रति उल्लेखनीय विश्वास एवं बैकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा लिएको बैङ्कले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप