शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेखर सुमनको आलिशान घर देखेर प्रयोगकर्ताले सोधे, ‘कहाँबाट आयो यति धेरै पैसा ?’ दिए यस्तो जवाफ

मङ्गलबार, ११ फागुन २०७७, १५ : ०५
मङ्गलबार, ११ फागुन २०७७

टिभी सेलिब्रिटी शेखर सुमनले ती ट्रोलर्सलाई कडा जवाफ दिएका छन् जसले उनलाई उनीसँग यति आलिशान घर कसरी भयो भनेर प्रश्न सोधिरहेका थिए ।

वास्तवमा शेखर सुमनले केही दिन अघि आफ्नो घरको तस्बिर सोसल मिडियामा साझा गरेका थिए, तत्पश्चात् सोसल मिडिया प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरेका थिए । ट्रोलर्सले उनलाई आखिर उनीसँग यति धेरै पैसा कहाँबाट आयो भनेर सोधिरहेका छन् । यसको जवाफ शेखरले ट्वीटमार्फत् नै दिएका छन् ।

शेखरले ट्रोलर्सलाई जवाफ दिए, ‘मिहिनेतले, इमान्दारीले, लगनले । ’ शेखरले पत्रिकाको त्यो कटिङ पनि सोसल मिडियामा सेयर गरेका छन् जसमा उनलाई कुनै समयमा उनलाई टिभीका अमिताभ बच्चन भन्ने गरिन्थ्यो भन्ने जानकारी दिइएको छ । शेखरले मुम्बईस्थित आफ्नो घरका थुप्रै तस्बिर सेयर गरेका थिए जसमा उनको घरको आलिशान इन्टेरियर देखाइएको थियो । शेखरले लेखे, ‘मेरो घरमा प्रेम छ र मेरो प्रेम घरमा छ ।’

यस्तै शेखरले अर्को एउटा तस्बिर पनि साझा गर्दै ‘हार्नबाट नडराउ, अघि बढ र खेल खेल’ लेखका छन् । उनले आफ्नो घरमा राखिएको एक आलिशान चेसबोर्डको पनि तस्बिर साझा गरेका छन् जसको क्याप्सनमा लेखिएको छ, ‘सैनिक बनेर अरुलाई तिम्रो प्रयोग हुन नदेउ । राजा बन ।’

स्मरण रहोस्, सुमन कुनै समयमा टिभीको दुनियाँका बादशाह थिए र उनले कपिल शर्माले झैं एउटा कार्यक्रम गरेका थिए जसको नाम उनकै नामबाट राखिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप