बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुवाबाट आशीर्वाद लिँदै प्रधानमन्त्रीले मनाए ७० औं जन्मदिन (तस्बिरहरु)

मङ्गलबार, ११ फागुन २०७७, १६ : १०
मङ्गलबार, ११ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् । 

सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले  टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए । 

ओलीले गत वर्ष भने हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगी नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाएका थिए । ओलीले भड्किलो गरी जन्मदिन मनाएको भन्दै त्यतिबेला विरोध समेत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप