शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाइबर नेटको ६ महिनाको प्याकेज

मङ्गलबार, ११ फागुन २०७७, १७ : ३९
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । फागुन ११ गतेदेखि सुरु भएको दराजहाट बजारमा अव १ रुपैयाँमा नै डिशहोमको ​फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ । 

नेपालको परिचित अनलाइन सपिङ ब्रान्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ । यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ । 

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराज संगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । यसवाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाइनमार्फत पनि खरिद गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप