बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुवैथरीलाई हँसाउनुपर्ने दुःख

बुधबार, १२ फागुन २०७७, ०७ : ०१
बुधबार, १२ फागुन २०७७

जब कोही मान्छे दृष्टिकोणमा प्रष्ट हुँदैन, तब उसले पटक–पटक एउटै कुराको प्रष्टिकरण दिइरहनुपर्छ । जस्तो कि, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्र नै सिध्याउन लागेको आरोप छ । र, उनले पटक–पटक भन्नुपर्ने भएको छ, ‘म गणतन्त्रका लागि १४ वर्ष जेल बसेको मान्छे †’

प्रधानमन्त्री यस्तो समस्यामा पर्नुको कारण हो, उनका बाध्यताद्वारा सिर्जित विसंगतिहरू । जनसभाहरू आयोजना गर्नुपरेको छ । मान्छे चाहिन्छ । हिन्दू धर्मको एजेण्डा बोक्छु भनेर पशुपतिमा ३० करोड दिन पुगेका छन् । ‘होला त’ भनेर हिन्दूवादीहरू पछि लागेका छन् । आरोप छ, संसद् विघटनमार्फत संविधान र व्यवस्था नै तलमाथि पार्न लागेको । अनि, भन्नुपरेको छ, म गणतन्त्रवादी नै हुँ ।

२३ गते नारायणहिटीको सभामा नौलो कुरा बोल्दै छन् भनेर शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पत्रकार सम्मेलनमा भने । हिन्दू र राजावादीहरूको आशा थियो, उनीहरूको एजेण्डामाथि केही न केही सम्बोधन हुँदैछ । तर, प्रधानमन्त्रीले त्यस्तो केही बोलिदिएनन् । यसबाट उनीहरूले धोका पाएको महसूस गरेका छन् । भनिन्छ, राजावादी वकिलहरूले उनको पक्षमा सर्वोच्चमा बहस गरेको पनि त्यही भनेर हो । अहिले उनीहरू धोका पाइयो भन्नेमा पुगेका छन् ।

दुःख कस्तो भने, राजावादीलाई फकाउनु छ, गणतन्त्रवादीलाई पनि फकाउनै परेको छ । त्यसैले उहाँ अहिले ‘संविधानको रक्षा गर्छु, लोकतन्त्र खान्न, गणतन्त्र मास्दिनँ, मेरो प्रतिवद्धता छ’ भन्नुपर्ने स्थितिमा पुग्नुभएको छ । हिजो कमल थापा केपी ओलीको क्याबिनेटमा मन्त्री हुँदा ‘यो संविधानप्रति प्रतिबद्ध छु’ भनेर स्पष्टिकरण दिनु परेजस्तो आज त्यो दुःख केपीमै आइलागेको छ ।

आजको जनआस्था साप्ताहिक समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप