शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुलहाका पिताले दाइजोमा दिइएको ११ लाख फिर्ता दिएः १०१ रुपैयाँ लिएर भने, ‘हामीलाई छोरी मात्रै चाहिएको हो’

बुधबार, १२ फागुन २०७७, १० : ३८
बुधबार, १२ फागुन २०७७

भारतका एक अवकाशप्राप्त प्रधानाध्यापक बृजमोहन मीणाले आफ्नो छोराको मंगलबार इन्गेज्मेन्ट गरेका थिए । एक भारतीय सञ्चार माध्यमका अनुसार इन्गेज्मेन्ट भइरहेका बेला दुलहीका पिताले पैसाले भरिएको प्लेट दुलहाका पिताको अगाडि राखिदिए । यो देखेर बृजमोहनले आफूलाई पैसा नचाहेको बताउँदै आफूहरुलाई छोरीमात्र चाहिएको बताए । यति भनेर उनले दाइजोमा पाएको ११ लाख भारु फिर्ता दिए । मानिसहरुले परम्पराको कुरा उठाएपछि उनले १०१ रुपैयाँ सगुनको रुपमा स्विकार गरे ।

बृजमोहन आफ्ना छोरा रामधनको आरती मीणासँग इन्गेजमेन्टका गर्न पुगेका थिए । उक्त कार्यक्रममा दुलहाको यस्तो व्यवहार देखेर मानिसहरुले उनको असाध्यै तारिफ गरे र सबैलाई यसबाट केही पाठ सिक्न अपिलसमेत गरे ।

दुलहीले भनिन्, ‘ससुराले छोरीको सम्मान बढाइदिए’

आफ्ना हुन लागेका ससुराको निर्णयले दुलही आरती मीणा असाध्यै खुसी छिन् । आरतीका अनुसार दाइजोमा पाएको रकम फिर्ता दिएर आफ्ना ससुराले समाजलाई सन्देश दिएका छन् । उनले भनिन्, ‘यसले छोरीको सम्मान बढाउँछ । आरतीले बी. एससी गरेपछि बी. एड. गरिरहेकी छिन् ।’

यस्तै आरतीका हजुरबुवा प्रभु लाल मीणाले सम्धि बृजमोहन मीणाले दाइजोको रकम फिर्ता गर्नु आफ्नो लागि निकै ठूलो प्रेरणा भएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप