शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीमा अलिकतिपनि नैतिकता देखिएन : भीम रावल

बुधबार, १२ फागुन २०७७, ११ : ३२
बुधबार, १२ फागुन २०७७

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि नैतिकता नभएको टिप्पणी गरेका छन् । 

आज प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्थ्यो भने । 

जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै रावलले अझै पनि केपी शर्मा ओलीले राजीनामा दिँदैनन् भने १३ दिन भित्र संसद शुरु गरेर त्यहीँबाट उनीमाथि कारबाही गरिने बताए । 

उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए ।  नेपालको संविधानको अपव्याख्या गरी देशलाई दुर्घटनातर्फ लैजान खोज्ने ओलीको योजना विफल भएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप