बुटवलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, १२ फागुन २०७७, १२ : २३
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ च ९०५० नं.को पिक–अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ आईरहेको लु ४६ प ८१७६ नं.को मोटरसाईकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी रुरू गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको क्रममा मृत्यु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै