शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गर्ने फरार आरोपी पक्राउ

बुधबार, १२ फागुन २०७७, १२ : ५७
बुधबार, १२ फागुन २०७७

काठमाडौं । युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गरेको आरोपमा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट नगरपालिका–३ घर भएका ३४ बर्षिय दीपक गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

पुस ५ मा दीपकले २० वर्षीया युवतीलाई काठमाडौं महानगरपलिका–३२ कोटेश्वरबाट अपहरण गरेर टोखामा लगेका थिए । त्यहाँको सत्यदेवी गेस्ट हाउसमा बन्धक बनाएर उनले बलात्कार प्रयास गरेको पीडित युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंका उजुर गरेकी थिइन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोंगवुबाट पक्राउ गरेको एसपी बस्नेतले बताए । जबर्जस्ती करणी उद्योग र अपहरण मुद्धामा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप