काठमाडौंमा प्रचण्ड–माधव पक्षको विजय र्याली (फोटोफिचर)
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा विजय र्याली निकालेको छ । काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्‍यालीसहित नगर परिक्रमा गरेका हुन् । र्यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने तय भएको छ ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।
सर्वोच्च अदालतको फैसलापछि उत्साहित नेकपाको सो पक्षले आज देशैभर विजय र्याली र सभा आयोजना गरेअनुसार काठमाडौंमा विजय र्याली भएको हो । र्यालीपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद