बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सहभागी हुने सुर्खेतको आमसभा स्थगित

बुधबार, १२ फागुन २०७७, १३ : ५८
बुधबार, १२ फागुन २०७७

सुर्खेत ।  शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपा (ओली समूह) को कर्णाली प्रदेश कमिटीले आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेसँगै आमसभा स्थगित गरिएको हो । सो सभामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायत सहभागी हुने कार्यक्रम रहेको थियो । 

‘टाइमिङ नमिलेर सभा स्थगित भएको हो,’ नेकपा केन्द्रीय सदस्य तथा जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहन माया ढकालले रातोपाटीलाई जानकारी दिइन् । संसदीय दल र स्थायी कमिटीको  बैठक बस्नुपर्ने भएकाले ओली व्यस्त हुने हुँदा सभा स्थगित गरिएको उनको भनाइ छ ।  

प्रदेशको सामाजिक विकास मन्त्रालय भन्दापछिको खुला मैदानमा तय भएको कार्यक्रमलाई सफल बनाउन नेता कार्यकर्ताहरु तयारीमा जुटेका थिए । सोही कार्यक्रममा ५० हजार भन्दा धेरै मान्छे उतार्ने समेत ओली समूहले दावी गर्दै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप