मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाघको छाला कारोबार गर्ने २ जना पक्राउ

बुधबार, १२ फागुन २०७७, १४ : ००
बुधबार, १२ फागुन २०७७

बुटवल । दाङमा बाघको छालासहित २ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट सल्यानका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेका हो । रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका–१५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ परेका २ जनाको साथबाट ४ फिट ५ इन्च लम्बाई भएको बाघको एक थान छाला बरामद गरिएको छ ।

उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा पठाउने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप