बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको सेयर बजार : कारोबार रोकिएको निफ्रा बढी कारोबार हुनेमा दोस्रो स्थानमा

बुधबार, १२ फागुन २०७७, १५ : ५२
बुधबार, १२ फागुन २०७७

नेप्से सूचक १२.५६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज १ करोड ६७ लाख २६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । 
१२ मध्ये २ बाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि छ । बीमा तथा होटेल समूहमा सबैभन्दा बढी वृद्धि छ । ३ कम्पनीको भाउ करिब १० प्रतिशतले वृद्धि भएको छ । कारोबार रकममा नेपाल र्बैंक अग्रस्थानमा रहेको छ । यसको ५८ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा निफ्रा र तेस्रोमा नेको इन्स्योरेन्स परेका छन् । 

बुधबार प्रणालीमा समस्या आएपछि नेप्सेले निफ्राको सेयर कारोबार स्थगित गरेको थियो । निफ्राको भाउ १०० प्रतिशत घटेको देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो । 
यसले समग्र नेप्से सूचक नै प्रभावित बनेको थियो । यद्यपि, नेप्सेले समस्या समाधान गरेपछि निफ्राको सेयर भाउ प्रतिकित्ता ५६२ रुपैयाँ पुगेको छ । यसको सेयर ५.३९ प्रतिशतले घटेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप