राष्ट्रपतिले क्षमा पूजा गरेकै दिन पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश
बुधबार, १२ फागुन २०७७, १७ : ११
काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।
पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष एवं वागमती प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले जलहरी राख्ने कार्य विरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ मन्दिरमा तत्काल जलहरी राख्ने कार्य नगर्नु भनी अन्तरिम आदेश दिएका छन् । यसबारेमा वादी र प्रतिवादीलाई आगामी फागुन १७ गते छलफलका लागि डाकिएको छ । तर पशुपति क्षेत्र विकास कोषले अदालतको आदेश आउनुपूर्व नै जलहरी राखिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै