शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब यसरी च्याबटबाटै शिखर इन्स्योरेन्सका सबै सेवा लिन सकिन्छ

बुधबार, १२ फागुन २०७७, १८ : ०६
बुधबार, १२ फागुन २०७७

काठमाडौं । शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन चाहनेहरुको संख्या दैनिक बढ्न थालेको छ । 

सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक म्यासेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्रमार्फत बढाउन सकिने सम्भावना र आवस्यकता महसुस गरि सुरु गरेको च्याटबट नयाँ माध्यम हो ।  

अधिकांशको हातमा एन्ड्रोइड मोबाइल हुन्छ । घरमा होस वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट च्याटबटमार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरुको सेवा लिन सकिने भएको छ । यसको लागि फेसबुक म्यासेन्जरमा लगइन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्यूआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्राहकहरुको लागि यो सुविधा अत्यन्तै सहयोगी र प्रभावकारी छ । 

यसैगरी, आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबटमार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्रहाकसँग कुरा गर्नेछन् । यस पश्चात ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्छन् । च्याटबटका कारण ग्राहकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतीसँग पनि जुध्न पर्दैन । च्याबटमार्फत शिखर इन्स्योरेन्सको कुनैपनी सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ । 

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपतकालिन र सहजताका लागि ग्राहकहरुले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्छन् । ग्राहकहरुले उतm माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नवीकरण, बीमा सम्पुष्‍टि, केवाइसी अपडेट जस्ता सेवाहरु लिन सक्छन् । साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । 

शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्ने सम्भावना बढ्ने देखिन्छ । हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ भन्दा बढी बीमाहरुको सेवा विस्तार गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप