सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा र्याली
पोखरा । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गर्दै पोखरामा ¥याली निकालेको छ । सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको आदेशको खुसीयालीमा फैसलाको स्वागत गर्दै प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले र्याली निकालेको हो ।
पृथ्वी चोकबाट शुरु भएको र्याली न्युरोड हुँदै चिप्लेढुंगा मानवअधिकार चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको असंवैधानिक कदमलाई रोकिदिएको बताए । उनले ओलीको सर्वसत्तावादको यात्रालाई सर्वोच्चको फैसलाले रोकिदिएको बताए ।
नेता गुरुङले प्रधानमन्त्री ओलीलाई प्रतिगमन गरेकोमा क्षमा याचना गर्दै राजीनामा दिन आग्रह गरे । उनले सर्वोच्चको फैसलापछि पनि विभिन्न तिकडम गर्दै राजीनामा नदिएर सत्ता टिकाउन अर्को जालझेलको तानावाना बुन्ने सपना नदेख्न चेतावनी दिए ।
नेकपा कास्की इञ्चार्ज राजकाजी गुरुङ (करण) ले सर्वोच्च अदालतले ओलीको प्रतिगामी कदम रोकेको बताए । नेता करणले ओलीको प्रतिगामी कदमको साथ दिएका नेता कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरे ।
नेकपा कास्की सचिव बखानसिंह तमुले ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अत्तालिएको बताए ।
र्‍यालीमा सहभागि नेता कार्यकताहरुले न्यायालय हाईहाई, केपी ओली बाईबाई, केपी तिम्रो पाराले, दुःख पाए साराले लगायतका नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी