शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा पनि प्रचण्ड-माधव पक्षको विजयी र्‍याली

बुधबार, १२ फागुन २०७७, १९ : ५३
बुधबार, १२ फागुन २०७७

बुटवल । नेकपा प्रचण्ड–माधव पक्षले बुटवलमा विजयी  निकालेको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेको खुसीयालीमा सो पार्टीका कार्यकर्ताहरूले विजय र्याली निकालेका हुन् । बुटवलको राजमार्ग चौराहदेखि सुरु भएको र्याली नगर परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य वामदेव क्षेत्रीले सर्वोच्चको गरेको निर्णयले नेपाली  जनताको जितसँगै सनकको भरका काम गर्ने ओलीको कदमलाई  तिरस्कार गरेको बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिए  बालुवाटारबाट जनताले नै निकाल्ने चेतावनी दिए । उनले भने– ‘ओलीलाई निकाल्न अब पार्टीले हतार गर्नु पर्दैन जनता नै  निकाल्छन् ।’

सो पार्टीका रुपन्देही अध्यक्ष राजु गुरुङ्गले प्रधानमन्त्रीले हचुवाको तालमा गरेका निर्णयहरु अब बन्ने सरकारले सच्याउँदै लैजाने बताए । ओलीले तत्काल राजीनामा नदिए संसदबाट जसरी पनि हटाउनुपर्नेमा जोड दिए । र्‍यालीमा सहभागीहरुले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप