बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

बुधबार, १२ फागुन २०७७, २० : ०१
बुधबार, १२ फागुन २०७७

काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए ।

त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । उनीहरुले माघ २६ देखि ३० गतेसम्म खोप लगाएका थिए । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ सय १९ लाई  खोप दिने लक्ष्य लिएकामा १ लाख ८५ हजार ८ सय ६५ जनाले मात्र खोप लगाइएको मन्त्रालयको भनाई छ ।  मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका २ लाख ८५ हजार ८ सय ८७ जनामध्ये २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप