शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको बिजुक्छेको दावी

बुधबार, १२ फागुन २०७७, २१ : ५५
बुधबार, १२ फागुन २०७७

 नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको दावी गरेका छन् । 

बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको बताए । उनले भने, “संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ । यसले शासक दलबीच सत्ताको चलखेलसमेत शुरु भएको छ ।”।
    
अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकापसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए। शिक्षकले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको दावी गर्दै उनले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा अध्यक्ष बिजुक्छेले बागीश्वरी माविमा लामो समयको अध्यापनपश्चात् अवकाश भएका विद्यालयका पूर्वसहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप