शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार

बुधबार, १२ फागुन २०७७, २२ : ००
बुधबार, १२ फागुन २०७७

सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ । 

    सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको उल्लेख गरेका छन् । 

    उक्त आदेशले विधिको शासन र संवैधानिक सर्वाेच्चतालाई स्थापित गरेको सर्वाेच्च बारको निष्कर्ष छ । सर्वाेच्चबाट भविष्यमा पनि संवैधानिक सर्वाेच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेको मूल्यमान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने सर्वाेच्च बारको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप