ad
केन्द्रीय संस्करण

संविधान एउटा ट्रयाकमा आयोः राजेन्द्र महतो

person explore access_timeफागुन १२, २०७७ chat_bubble_outline0

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई सर्वोच्च अदालतले परास्त गरेको बताएका छन् ।  बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको भेलामा बोल्दै महतोले संविधान एउटा लयमा आएको बताए । 

‘प्रतिनिधिसभा पुनःस्थापनाले सबै ठिकठाकचाहिँ हुँदैन’ वरिष्ठ नेता महतोले भने–‘सांसदको पद बँच्यो तर, माननीयको पद बहाली हुँदैमा सबै ठीकठाक हुँदैन ।’  संविधान बनाउँदा संविधानमाथि भएको ‘कु’ सच्चिन बाँकी रहेको महतोको भनाई छ । ‘प्रतिगमन सच्चियो तर, कु कहाँ सच्चियो ?’ महतोले भने- ‘संविधान बनाउँदा प्रतिगमन भएको थियो, त्यो सच्चिन बाँकी छ । संविधान बनाउँदा मधेससँग गरिएको सम्झौता लत्याइएको उल्लेख गर्दै महतोले भने– ‘आवाज उठाउँदा गोली हानियो, गोलाबारीको बीचमा ०७२ को संविधान जारी भएको थियो ।’ 

प्रधानमन्त्री केपी ओलीले दोस्रो प्रतिगमन गरेको बताउँदै अदालतको परमादेशले संवैधानिक मान्यताको रक्षा भएको महतोले बताए । ‘०७२ को संविधान हाम्रो लागि बनेको थिएन, त्यहाँ एक हजार त्रुटी छन्’ उनले भने–‘संविधान पुनर्लेखन र संशोधन जरुरी छ ।’  अब अन्तिम आन्दोलन गर्नुपर्ने जिकिर गर्दै महतोले भने– ‘जुन, राष्ट्रिय मुक्ति आन्दोलन हुन्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.