मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले भने- ‘डिजिटल नेपालको यात्रा शुरु भयो’

बुधबार, १२ फागुन २०७७, २२ : ३१
बुधबार, १२ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज माटोको डिजिटल नक्साको औपचारिक उद्घाटन गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग (युएसए आइडी) को आर्थिक सहयोगमा उक्त नक्सा तयार गरेको हो । अन्तराष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्र (समिट) द्वारा सञ्चालित नेपाल बीउ तथा मल परियोजना (एनसाफ) ले नेपालका विभिन्न गाउँ विशेषको माटोको अवस्था झल्कने डिजिटल नक्सा तयार पारेको मन्त्तत्रालले जनाएको छ ।

यो नक्साबाट भौगोलिक स्थान विशेषको माटोका प्रकार थाहा पाउन सकिने मन्त्रालयले जनाएको छ । यसबाट माटोमा रहेको अम्लीयपना, प्राङ्गारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सुक्ष्म पोषक तत्व, जिङ्क तथा बोरोनाको मात्रा थाहा पाउन मद्दत गर्ने मन्त्रालयको दावी छ ।  यसको सहयोगबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका छनौट गरी त्यहाँको माटोको अवस्था थाहा पाउन सकिन्छ । यसको विशेषता नै आफ्नो रुची र आवशयकताको आधारमा एक क्लिकमा कुनै क्षेत्रको माटोमा रहेको गुणको बारेमा जानकारी पाउनु हो ।

यो नक्साबाट नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्रसार कर्ता, प्राज्ञिक वर्ग, विकास साझेदारहरु, नीजि क्षेत्र र किसान लगायतले फाइदा लिन सक्छन् । डिजिटल नक्सामार्फत कृषकको खेतबारीसम्म पुग्नका लागि माटोको नियमित परीक्षण तथा विश्लेषण गर्ने र ती नतिजाहरुलाई प्रमाणीकरण एवम् मान्यता दिइने काम हुन्छ । यो निक्सा सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी ५६ वटा जिल्लाबाट कुल २३ हजार २७३ वटा माटोका नमुनाहरूको परीक्षण गरी तिनको नतिजाको विश्लेषणको आधारमा तयार गरिएको छ ।

डिजिटल नक्साको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश ‘डिजिटल नेपाल’ को यात्रामा अघि बढिसकेको बताए । अब देशका जुनसुकै कुनाको माटोको बारेमा जानकारी पाउनका लागि एक क्लिक गरे पुग्ने गरी प्रविधि तयार भएको र यो सार्क मुलुकमै पहिलो भएको उनले दावी गरे ।

अब किसानले माटो पोको पारेर ल्याबहरुमा धाउने दिन समाप्त भएको बताउँदै उनले अब आफ्नै खेतबारीमा मोबाइल तथा कम्प्युटरबाट माटोको जानकारी लिन सकिने बताए । उनले आफू जति दिन सरकारको नेतृत्वमा रहिन्छ, त्यति दिन राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।  

उनले सर्वोच्च अदालतको निर्णय समान्य भएको र त्यसबाट आफूहरुलाई कुनै चिन्ता नभएको बताउँदै जति दिन सरकारमा रहिन्छ देश विकासका लागि काम गर्ने बताए । यद्यपि उनले अहिलेको सरकार केही वर्ष रहिरहने दावी गरे । प्रधानमन्त्री ओलीले भने, ‘अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनु भो र ?’ प्रधानमन्त्रीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफुलाई फरक नपरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप