शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव

बुधबार, १२ फागुन २०७७, २२ : ४३
बुधबार, १२ फागुन २०७७

धनुषा । नेकपा प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाममा निकालिएको विजय जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री समेत रहेका झाले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएको दाबी गरे । नेता झाले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकोले राजनीतिबाट सन्यास लिन  सुझाव  दिए । 

‘पार्टीले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ’ झाले भने, ‘इज्जत जोगाउन भए पनि राजीनामा दिनुस्, पार्टीले समेत कारबाही गरि सकेकाले बालकोट गएर भुजा फाँक्नुस् ।’  त्यस्तै सो पार्टीका धनुषा इन्चार्ज श्रवण यादवले प्रतिगमन पक्षधरहरुको हार भएको र अग्रगमन पक्षधरहरुको जित भएको बताए । जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुस नाराबाजी गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप