
देश दुर्घटनामा जानबाट जागियोः रामचन्द्र पौडेल

धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । नेपाली काँग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको बताए ।
“म न्यायमूर्तिलाई धन्यवाद दिन्छु, सर्वोच्चको फैसलाबाट देश अनिर्णयको बन्दी हुनबाट जोगिएको छ”, उनले भने, “यो निर्णय नआएको भए नेपालमा जे पनि गर्न पाइने एउटा नजिर खडा भई विश्वसामु न्याय कानून नभएको देशको नामले गलत पहिचान सावित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।”
वरिष्ठ नेता पौडेलले न्यायालयले संविधानसम्मत ढङ्गबाट लिएको निर्णयले तानाशाह प्रवृत्तिको अन्त्य भएको बताउँदै अब केपी शर्मा ओलीलाई सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार नभएकाले प्रधानमन्त्रीबाट तुरुन्त राजीनामा दिनुपर्ने उल्लेख गरे ।
उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउने देखि प्राप्त उपलब्धिको रक्षा समेतको भूमिका खेल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ