बेलायतमा करिब १० हजार संक्रमित, ४४२ को मृत्यु
लन्डन । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा करिव १० हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार बुधबार थप ९ हजार ९३८ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ४४ हजार ५७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ४४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ७४७ पुगेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ८०३ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।
एक करोड ८२ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मंगलबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ८२ लाख ४२ हजार ८७३ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी ६ लाख ६९ हजार १०५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्ष बीचकालाई खोप वितरण गरिँदैछ ।
संक्रमण दरमा आएको कमीसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चरणवद्ध रुपमा हाल जारी लकडाउनलाई हटाउँदै जाने घोषणा गरेका छन् । प्रधानमन्त्रीद्वारा जारी ६८ पृष्ठ लामो मार्गचित्रमा आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल ३०,मे १७ र जुन १२ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना