शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सैफ र अमृताको विवाहमा सामेल हुँदा करीना ११ वर्षकी मात्रै

बिहीबार, १३ फागुन २०७७, ०८ : १९
बिहीबार, १३ फागुन २०७७

बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री सैफ अली खान र करीना कपूरले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुका दुई सन्तान समेत भइसकेका छन् । 

सैफको पहिलो विवाह सन् १९९१ म भएको थियो । उनले बलिउडकै बहुचर्चित अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । 

उक्त विवाह समारोहमा पुगेकी थिइन् करीना कपूर । करीना त्यस समय ११ वर्षकी मात्रै थिइन् । तर, सन् २००४ मा सैफ र अमृताको सम्बन्धविच्छेद भयो । 

सैफ र करीनाको भेट ओमकारा फिल्मको सेटमा भएको थियो । करीना शाहिद कपूरसँगको ब्रेकअपका कारण तनावमा थिइन् । सोही समय सैफसँग नजिक भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप