सत्ता समीकरणको रणनीति तय गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएको छ । सिंगो नेकपासँग सभामुखसहित रहेका १ सय ७३ सांसद थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय लिएपछि नेकपाका सांसद ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । दुवै समूहले संसदीय दलमा आफूसँग बहुमत भएको दाबी गरिएका छन् ।
नेकपाको यही अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल १ सय ३८ सांसद पुर्याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य देखिएको छ । जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् ।
यही परिदृश्यका बीच बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेटन बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने प्रचण्ड–नेपालसँग बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा