शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेखादेखि मनिषासम्मः बी ग्रेड फिल्ममा काम गरिसकेका यी बलिउड अभिनेत्री

बिहीबार, १३ फागुन २०७७, ११ : ४६
बिहीबार, १३ फागुन २०७७

बलिउडका थुप्रै ठूला कलाकारले बी ग्रेड फिल्ममा काम गरिसकेका छन् । यी फिल्म यस्ता हुन् जसलाई यी अभिनेत्रीले आफ्नो फिल्मोग्राफीमा कहिल्यै हेर्न चाहँदैनन् । दर्शकदेखि समीक्षकले पनि यी फिल्म बिर्सिसकेका छन् तर यी फिल्मले उनीहरुको पिछा भने छोडेका छैनन् । आज हामी तपाईंसँग  यस्तै सेलिब्रिटीबारे कुरा गर्दैछौं ।

कट्रिना कैफः

बलिउड अभिनेत्री कट्रिना कैफ ३६ वर्ष पुगिसकेकी छिन् । हङ्गकङमा जन्मिएकी कट्रिना हवाई र बेलायतमा हुर्किइन् र लण्डनमा मोडलिङ सुरु गरिन् । अहिले उनी भारतमा शीर्ष नायिकामध्ये एक हुन् । उनले फिल्ममा अभिनय गरेबापत् मोटो पारिश्रमिक लिने गर्छिन् । हुन त कट्रिना कैफ राम्रोसँग हिन्दी बोल्न सक्दिनन् तर उनले हिन्दी, तेलुगू, मलयालय भाषामा थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । कट्रिना कैफको पहिलो फिल्म बूम थियो र उनले सन् २००३ मा पहिलो पटक बलिउड फिल्ममा काम गरेकी थिइन् । यो फिल्ममा बलिउड अभिनेता अमिताभ बच्चन थिए । यो फिल्ममा कट्रिनाले थुप्रै बोल्ड सीन दिएकी छिन् । कट्रिना अब सफल भएपछि अब सबैले उनको बी–ग्रेड फिल्मको छवि बिर्सिसकेका छन् ।

रेखाः

बलिउडकी सदाबहार नायिका रेखा साउथका चर्चित नायक जेमिनी गणेशनकी छोरी हुन् । रेखाकी आमा पुष्पावल्ली तेलुगु अभिनेत्री थिइन् । सन् १९६६ मा आफ्नो करियरको सुरुवात गर्ने रेखाको फिल्मी दुनियाँको यात्रा निकै उतारचढाव युक्त रह्यो । आफ्नो ५० वर्षको फिल्मी करियरमा १८० भन्दा बढी फिल्ममा उनले काम गरेकी छिन् । यीमध्ये केही बी ग्रेड पनि रहे । रेखाले आफ्नो करियरको सुरुवात सावन भादो फिल्ममार्फत् गरेकी थिइन् । यो उनको पहिलो हिट फिल्म पनि थियो तर ‘प्राण जाए पर वचन न जाए’ पनि एउटा यस्तो फिल्म थियो जसका थुप्रै दृश्यमा रेखा नग्न पनि देखिएकी थिइन् । त्यतिबेला यो निकै ठूलो कुरा थियो ।

ममता कुलकर्णीः

९० को दशकमा एउटा नाम जुन पूरा फिल्म इन्डष्ट्रिमा गुञ्जिन्यो र ती थिइन् ममता कुलकर्णी । राज कुमार र नाना पाटेकरको सुपरहिट फिल्म ‘तिरंगा’ बाट फिल्ममा कदम राख्ने ममता कुलकर्णीले त्यतिबेलाका लगभग हरेक ठूला अभिनेतासँग काम गरे । सन् १९९३ मा उनी सैफ अली खानसँगको फिल्म ‘आशिक आवारा’ मा देखिएकी थिइन् र यसैका लागि उनलाई न्यू फेसको फिल्म फेयर अवार्ड दिइएको थियो । तर कमैलाई थाहा छ कि उनले एकपटक टपलेस फोटोसुट गराएपछि उनी पक्राउ पर्ने अवस्था पनि आएको थियो ।

नेहा धुपियाः

नेहा धुपियाले अजय देवगनको फिल्म ‘कयामत’ मार्फत् बलिउडमा कदम राखेकी थिइन् । त्यसपछि उनले थुप्रै फिल्ममा अभिनय गरिन् तर नेहा धुपियाले बलिउडमा खासै सफलता पाउन सकिनन् । त्यतिबेला उनले फिल्ममा आफूलाई स्थापित गर्नका लागि हट एण्ड बोल्ड सीनसमेत दिएकी थिइन् । बलिउडमा थुप्रै फिल्ममा काम गरिसकेकी नेहा धुपियाले पनि बी ग्रेड फिल्ममा काम गरेकी छिन् । नेहा धुपियाले सन् २००५ मा रिलिज भएको फिल्म ‘शीशा’ मा काम गरेकी थिइन् जुन बी ग्रेड फिल्म थियो ।

पायल रोहतगीः

पायल रोहतगी बलिउडकी चर्चित अभिनेत्री हुन् । पायल रोहतगीले पनि धेरै बी ग्रेड फिल्ममा काम गरेकी छिन् । उनको फिल्मोग्राफीमा यस्ता फिल्मको संख्या निकै धेरै छ । उनी सन् २००८ मा बिग बसमा भाग लिएपछि अत्यधिक चर्चामा आएकी हुन् ।

मनिषा कोइरालाः

९० को दशकमा मनिषा कोइरालाको बलिउड फिल्मी दुनियाँमा बर्चस्व थियो । त्यतिबेलाका शीर्ष कलाकारसँग मनिषा कोइरालाले अत्यधिक काम गरिन् र थुप्रै हिट फिल्म पनि दिइन् तर अचानक केही वर्षपछि उनी फिल्मबाट गायब भएकी थिइन् । मनिषा कोइरालाले रणवीर शोरेसहित बी ग्रेड फिल्म ‘एक छोटी सी लभ स्टोरी’ मा काम गरेकी थिइन् ।

अर्चना पूरना सिंहः

अर्चना पूरन सिंहले फिल्म र टेलिभिजन दुबैतिर एक भिन्न स्थान हासिल गरेकी छिन् । उनले जस्तो भूमिका निभाएपनि दर्शकले उनलाई स्विकारेका छन् । ‘कुछ कुुछ होता है’ की मिस ब्रिगेन्जा होस् वा ‘राजा हिन्दुस्तानी’ मा करिश्मा कपुरकी सौतेनी आमा, हरेक भूमिकामा उनी फिट रहिन् । टेलिभिजनको कमेडी शोमा जजको भूमिकामा पनि उनी देखिन्छिन् । सायद धेरैलाई थाहा छैन कि अर्चनाले सनी देओलसँग फिल्म ‘आग का गोला’ मा बोल्ड सीन दिएका थिए । सनी स्वभावले निकै लजालु थिए जसका कारण यो दृश्य निकै चर्चा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप