शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाका लागि घातक हुन्छ यी ६ प्रकारका बोसो

बिहीबार, १३ फागुन २०७७, १२ : ०४
बिहीबार, १३ फागुन २०७७

जसरी कुनै पनि व्यक्तिको शरीरको आकार फरक फरक हुन्छ त्यसैगरी मोटोपन पनि फरक फरक प्रकारको हुन्छ । शरीरमा जम्मा हुने बोसो चाहे शरीरका जुन कुनै भागमा बढ्छ जसको असर निकै खराब हुन्छ । 

१. खराब बोसो (ब्याड फ्याट)
फ्याट तीन प्रकारका हुन्छन् । स्याचुरेटेड, पोलीस्याचुरेटेड, मोनोअनस्याचुरेटेड आदि । अनस्याचुरेटेड फ्याट शरीरमा लागि फाइदाजनक हुन्छ । तर, स्याचुरेटेड फ्याट (ब्याड फ्याट) शरीरमा लागि फाइदाजनक हुँदैन । जसले शरीरमा मोटोपन, मधुमेहको टाइप २, हृदयरोग, उच्च रक्तचाप र क्यान्सर जस्ता रोग लाग्न सक्छ । 

२. सेतो बोसो (ह्वाइट फ्याट)
अनुसन्धानका अनुसार सेतो बोसो हिप्स, जाँघमा अधिक जम्मा हुन्छ । यो फ्याट शरीरका लागि नोक्सानदायक हुन्छ । यो शरीरमा धेरै भएमा नोक्सान पुग्छ । तर यो फ्याटको स्तर र शारीरिक सक्रियतामा निर्भर गर्छ । 

३. ब्राउन फ्याट 
यो फ्याट स्नायु प्रणाली, मेरुदण्ड, घाँटी र मिर्गौलाको वरिपरि जम्मा हुन्छ । यसको असर धेरै जसो बच्चामा हुन्छ । यसको असरले शरीरमा गर्मी पैदा हुन्छ । अनुसन्धानका अनुसार ब्राउन फ्याट धेरै उर्जा खर्च गर्छ । यो मोटोपन कम गर्न पनि जरुरी हुन्छ । सेतो र ब्राउन फ्याट शरीरका हरेक अंगमा सिग्नल पुर्याउँन मद्दत गर्छ । जसले व्यक्ति सक्रिय हुन्छ । 

४. पहेँलो र चम्किलो बोसो 
यो बोसो शरीरका कोशिकाहरुको बीचमा रहन्छ । यसले बेज कोशिकाहरुको नष्ट गर्छ । 

५. आवश्यक बोसो 
स्वस्थ रहनका लागि शरीरमा बोसो पनि आवश्यक हुन्छ । यसले दिमाग, नसामाथि हुने पातलो झिल्लीको रुपमा कार्य गर्छ । यसका साथै हर्मोनहरु नियन्त्रण गर्न महत्वपूर्ण भूमिका रहन्छ । 

६. भिसरल फ्याट
सबैभन्दा खतरनाक फ्याटलाई भिसरल फ्याट भनिन्छ । यसले थुप्रै रोगहरुलाई निम्ता दिन्छ । यो आन्द्राहरुमा जम्मा हुन्छ । आन्द्रा, कलेजो, मिर्गौला र मुटुमा जम्मा हुने बोसोले धेरै समस्या दिन्छ । यसले सबैभन्दा धेरै क्यालोरीयुक्त खानेकुरा खाँदा हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप