बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको टिप्पणी :  प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

बिहीबार, १३ फागुन २०७७, १२ : १२
बिहीबार, १३ फागुन २०७७

प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने टिप्पणी गरेका छन् । बिहिबार सामाजिक सञ्जालबाट कटाक्ष गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको टिप्पणी गरेका छन् । 

उनले लेखेका छन्–‘ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपालकाे नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर,...

Posted by Surya Thapa on Wednesday, February 24, 2021

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप