
सेलेब्रिटी सेफ सन्तोषको भव्य स्वागत, तस्विरमा हेर्नुहोस्

यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आइपुगेका छन् । प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।
साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन आएका हुन् । उनलाई सो कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ ।
साह दुई महिना नेपालमा बस्नेछन् । यसक्रममा उनले नेपालको विभिन्न भागमा पुगेर आफ्नो नयाँ किताबको लागि रिसर्च गर्ने छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ