बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आगामी बजेटको कर प्रणालीबारे उपसमितिले माग्यो सुझाव

बिहीबार, १३ फागुन २०७७, १३ : ४६
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । आगामी बजेटमा कर नीति कस्तो अपनाइने भन्ने विषयको राय सरकारले मागेको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको राजस्व परामर्श उपसमितिले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेटमा मूल्य अभिबृद्धि कर, आयकर, अन्त शुल्क, शिक्षा सेवा शुल्क तथा समग्र कर प्रणालीको सुधारको विषयमा नीतिगत र कानुनी सुधारसम्बन्धी सुझाव माग गरेको  छ । 

समग्र कर प्रणालीलाई नीतिगत र कानुनी सुधार गरेर कसरी सरल बनाउन सकिन्छ भन्दै माग गरिएको राय सरोकारवालाले यहि फागुन मसान्तभित्र उपलब्ध गराउन आन्तरिक राजस्व परामर्श उपसमितिले आग्रह गरेको छ । सुझाव आन्तरिक राजस्व विभाग नीति विश्लेषण शाखा लाजिम्पाटमा पठाउन सकिने छ । इमेल मार्फत पनि सुझाव दिन सकिने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप