शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘प्रतिशोध’को सुटिङ सुरु

बिहीबार, १३ फागुन २०७७, १९ : ०८
बिहीबार, १३ फागुन २०७७

काठमाडौँ । फिल्म ‘प्रतिशोध’ को सुटिङ सुरु भएको छ । बिहिबार भद्रकाली मन्दिरमा एक कार्यक्रमका बीच फिल्मको मुर्हूत गर्दै सुटिङ सुरु गरिएको हो ।  डिजिटल सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्देशक शंकर अधिकारी घायल हुन् । लेखन समेत उनकै रहेको फिल्ममा  अमन देव र गुरुसागर चौंलागाई निर्माता रहेका छन् ।

नयाँ कलाकारको बाहुल्य रहेको फिल्ममा रेनु थापा, रोशन विसी, विशाल अग्रवाल, कृतिका शर्मा, रविनश्री, पुष्पराज नेपाल, अमन देव, पदम सुनार, आरजे भिलेन, खगेन्द्र घिमिरेलगायतको अभिनय रहनेछ ।  फिल्मलाई पूर्वी नेपालका बिभिन्न भागमा खिचिने निर्देशक घायलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप