थप ११२ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, १३ फागुन २०७७, १९ : ४३
काठमाडौं । मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पिसिआर परीक्षण गरिएको छ ।
गत २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । कोरोनाबाट हालसम्म दुई हजार ७६७ जनाएको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै