प्रतिनिधिसभा पुनर्स्थापनापछि भारतको प्रतिक्रियाः यो नेपालको आन्तरिक मामिला हो
काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै नेपालमा उत्पन्न पछिल्लो राजनीतिक मुद्दालाई आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंग्याउने विषय भनेका छन् ।
उनले भनेका छन्, ‘हामी के विश्वास गर्छौं भने यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय हो । २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । केही महिनायता नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट हेरिरहेका छौं ।’ यसअघि प्रतिनिधिसभा विघटनलगत्तै पनि भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा