शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्जवल कसजु विजयी

शुक्रबार, १४ फागुन २०७७, ०८ : २२
शुक्रबार, १४ फागुन २०७७

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा  उज्ज्वलप्रसाद कसजु विजयी भएका छन् ।

कसजुले उनका प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १७९ मतले पराजित गर्दै विजयी भएका हुन् । उनले ६६२ मत प्राप्त गरेका छन् भने अर्यालले ४८३ मत प्राप्त गरेका  छन् । हिजो भएको मतदानको नजिता आज बिहान आएको हो ।

संघको नयाँ कार्यसमिति चयनको लागि बिहिबार अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले  बताए ।

त्यस्तै, खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई , कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी महिला सदस्यतर्फ जमुना पौडेल र मीना प्रधान विजयी भएको छन् ।

नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप