शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज भारत बन्द

शुक्रबार, १४ फागुन २०७७, १० : १२
शुक्रबार, १४ फागुन २०७७

भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायातको संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले आज भारत बन्द र चक्काजामको आह्वान गरेका छन् ।

भारतको खुद्रा पसले अमेजनजस्तो रिटेल चेनको बढ्दो प्रभाव र कथित मनमानीबाट निकै रिसाएका छन् । यसबाहेक उनीहरु वस्तु एवं सेवा कर (जीएसटी) मा परिवर्तनको पनि माग गरिरहेका छन् । अर्कोतर्फ यातायात व्यवसायी पेट्रोल–डिजेलको बढ्दो मूल्य र ई–वे बिलमा आएको समस्याका कारण रिसाएका छन् ।

चक्का जाम पनि हुनेछः

त्यसैले कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशन (एआईटीडब्ल्यूए) ले २६ फेब्रुअरी शुक्रबार अर्थात् आज भारत बन्दको आह्वान गरेका छन् । यसका साथै राज्यका थुप्रै व्यापारी संगठनले पनि यो मागको समर्थन गरेका छन् । एआईटीडब्ल्यूएले आज बिहान ६ बजेदेखि ८ बजेसम्म चक्का जामको घोषणा गरेको छ ।

अर्कोतर्फ यातायात व्यावसायीले जीएसटीमार्फत् आउने ई–बे बिल नियमको विरोध गरिरहेका छन् । साथै उनीहरु डिजेल–पेट्रोलको लगातार बढ्दो मूल्यको पनि विरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप